केही कुरा सोध्छौ कि तिमिले मलाई
हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई।
खुल्ला आकासमा हेरिरहुलाग्छ मलाई
मनमा सुवास छर्छन दिलको कुरा सुनाई
जानुपर्छ मन खुसि बनाई
हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई।
हेरि बस्छु तारा गनि यहि अध्यारो रातमा
सुने झै लाग्छ तिम्रो बोलि मलाई छौ तिमि कता
फुल फुलिरहन्छन फूलहरू वन पाखामा
बुझ्नुपर्छ कुरा सबै खुसि छ मनमा।
केही कुरा सोध्छौ कि तिमिले मलाई
हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई।।
लेखक:- गोबिन्द राज ओझा (राजन) ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल


