काठमाडौँ, पुस १५ । साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्य सूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ। जुन, गत साताको शुक्रबार तोलामा १ लाख २० हजार ७०० रुपैयाँ थियो। यस्तै, गत साता १ लाख २० हजार १०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ। यो गत साताको शुक्रबारको मूल्य हो। महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ।
.jpg)


