बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री कप: कोशीलाई पराजित गर्दै एपीएफ फाइनलमा

एक्सप्रेस पाना
पौष १५, २०८० आइतबार
  • 322
    SHARES
  • प्रधानमन्त्री कप: कोशीलाई पराजित गर्दै एपीएफ फाइनलमा

    काठमाडौँ, पुस १५ । कोशी प्रदेशलाई पराजित गर्दै विभागीय टिम एपीएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। 

    images

    त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न पहिलो क्वालिफायरमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो।

    एपीएफले दिएको १४० रनको लक्ष्य पछाएको कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाउदै ८७ रन बनाएको थियो।

    images

    यसअघि पहिला ब्याटिङ गर्दै एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो।

    यो हारपछि कोशी प्रदेशले अब दोस्रो क्वालिफायर खेल्ने भएको छ। अब कोशीले दोस्रो क्वालिफायरमा आजै हुने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीचको इलिमिनेटरको विजेतासँग खेल्ने छ। दोस्रो क्वालिफायर सोमबार हुने छ।

    एपीएफ जारी यस प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै फाइनलमा पुगेको हो। एपीएफले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग बुधबार खेल्ने छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # कोशी प्रदेश
  • # प्रधानमन्त्री कप
  • # एपीएफ