काठमाडौं, पुस १७ । साताको तेस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसयाी महासंघले स्थानीय बजारको बिक्री भाउ तय गर्दै महासंघले सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ कायम छ। सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ। महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो। यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
.jpg)


