काठमाडौं, पुस १८ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँ घटेको छ।
आज छापावाल सुनको मूल्य दुई सय रुपैयाँले घटेर प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँ घटेर एक लाख २० हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ। यस अघि मंगलबार तोलाको एक लाख २० हजार चार सय रुपैयाँ मूल्य तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ घटेर एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
.jpg)


