काठमाडौं, पुस २० । साताको अन्तिम कारोबारको दिन आज सुनचाँदीको मूल्य स्थिर छ।
अघिल्लो दिनको मूल्यअनुसार नै शुक्रबार सुन तोलामा १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
.jpg)


