बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री कप : बैतडी र कैलाली भिड्दै

एक्सप्रेस पाना
पौष २२, २०८० आइतबार
  • 387
    SHARES
  • प्रधानमन्त्री कप : बैतडी र कैलाली भिड्दै

    (विनोद सिंह विष्ट) बैतडी, पुस २२ । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटकाे आजकाे खेलमा बैतडी र कैलाली भिड्दै छन्। 

    images

    फाप्ला मैदानमा कैलालीले टस जितेर पहिला ब्याटिङ गरिरहेकाे छ। बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरकाे खेल बाक्लाे हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३० ओभरमा झारिएकाे छ। 

    लगातार तेस्रो जित हात पारेकाे बैतडी आजकाे खेल जित्दै फाइनलमा सुरक्षित हुन चाहन्छ। यसअघि खेलेका तीनमध्ये दुई खेलमात्रै जितेकाले कैलालीलाई फाइनल पुग्न आजकाे खेल जित्नै पर्ने दबाव छ। यद्यपि आजकाे खेल बैतडीले जितेमा कञ्चनपुर फाइनलमा पुग्नेछ।कञ्चनपुरले चारमध्ये तीन खेल जितेकाे छ। 

    images

    सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाेआयाेजनामा पुस १४ गतेदेखि शुरू भएको छनाैट प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ।

    छनाैट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमकाे टाेली घाेषणा गरिनेछ। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट