शनिबार, भाद्र २७ गते २०८३
images

त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित श्रीलङ्काली नागरिक पक्राउ

एक्सप्रेस पाना
पौष २२, २०८० आइतबार
  • 278
    SHARES
  • त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित श्रीलङ्काली नागरिक पक्राउ

    काठमाडौँ, पुस २२ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तस्कर गरि ल्याउने एक किलो भन्दा बढी सुनसहित एक महिला पक्राउ परेकी छन्।

    images

    पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौँ आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्कर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए।

    उनका अनुसार राहदानी नम्बर ८१५१३८५ भएकी निज महिलाले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन दुई पोका तौल पाँच सय ग्राम तथा लगाएको कट्टुभित्र आठ सय ग्राम सुन गरी कुल एक किलो तीन सय ग्राम सुन बरामद गरिएको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।

    images