काठमाडौँ, पुस २५ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०परिसूचकले आज पनि निरन्तरता पाएको छ।
आज नेप्से परिसूचक नौ दशमलव ५० अंकले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो।
११८ वटै कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ। परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ। हिजो ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेमा आज ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज मनकामना स्मार्ट लघुवित्त र हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्यमा भने १० प्रतिशतको वृद्धि आएको छ। यसबाहेक, थप ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। यस्तै, आज छिमेक लघुवित्तको सेयर मूल्य ५.९५ प्रतिशतले घटेको छ।
परिसूचक बढेपनि कारोबारमा आएका १३ मध्ये ७ समूहको सूचक घटेको छ। निर्जीवन बीमा समूह १५, जीवन बीमा समूह २८, लगानी समूह ०.५२ र जलविद्युत समूहमा १२ अंकको गिरावट आएको छ। यस्तै, होटल र पर्यटन समूह ४८ अंक, वित्त १.९० अंक र विकास बैंक समूह १९ अंकले घटेको छ।
यसबाहेक ६ समूहमा भने सुधार आएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूहमा ६६ अंकको वृद्धि देखिएको छ। यस्तै, लघुवित्त ३७ अंक र अन्य समूह ३४ अंकले बढ्दा बैंक समूह १३ अंकले बढेको छ । बजारमा पर्याप्त तरलता बढेपछि परिसूचक योसहित लगातार तेस्रो दिन बढेको हो।
.jpg)


