शनिबार, भाद्र २७ गते २०८३
images

चैत पहिलो हप्तादेखि एसईई परीक्षा

एक्सप्रेस पाना
पौष २६, २०८० बिहीबार
  • 321
    SHARES
  • चैत पहिलो हप्तादेखि एसईई परीक्षा

    काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ।

    images

    बुधबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा चैत पहिलो साता शुरु हुने बताएका हुन्। 

    उनले संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले परीक्षा हुने हो वा होइन भन्ने अन्योलमा नपर्न आग्रह समेत गरे। 

    images

    यसवर्षदेखि एसईईमा सबै विषयमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने प्रावधान राखिएको छ। यसअघि ‘ग्रेडिङ प्रणाली’ थियो। अब भने त्यो लागू नहुने भएको छ।