काठमाडौँ, पुस २६ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलामा १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो।
यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य तोलाको एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
.jpg)


