आइतबार, कार्तिक १६ गते २०८३
images
images

मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 246
    SHARES
  • मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा

    असोज ८ काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ । शुक्रबार न्यायाधीश न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ तोकिएकोमा हेर्न नमिल्नेमा राखिएको हो ।

    images

    नेपाली कांग्रेसका नेतासमेत रहेका आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले गरेको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

    आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।

    images

    आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्। यसअघि २९ साउनमा पनि आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो।