असोज ८ चितवन । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिड्न तयार रहेको बताएका छन् ।
शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा आगामी निर्वाचनमा अध्यक्ष प्रचण्डसँग भिड्न तयार रहेको बताए ।
उनले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ । र, प्रचण्डसँग चितवनमा निर्वाचन लड्न तयार पनि छु ।’
बादलले ‘प्रचण्ड’ पार्टीको सिद्धान्तबाट बिमुख भएको आरोप लगाएका थिए । ‘प्रचण्ड’ले नयाँ गुट बनाएर दक्षिणपन्थी र लोकतन्त्रविरोधी पक्षमा लागेकोसमेत उनले आरोप लगाएका छन् ।
.jpg)


