आइतबार, कार्तिक १६ गते २०८३
images
images

कञ्चनबारीमा सानिमा बैंकको शाखा

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 308
    SHARES
  • कञ्चनबारीमा सानिमा बैंकको शाखा

    असोज ८ विराटनगर । सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। शाखाको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रूपमा गरेका थिए।

    images

    उद्घाटन समारोहमा मह जोडीले सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे। त्यसैगरी, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए।

    सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ।

    images