सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्यमा गिरावट

एक्सप्रेस पाना
माघ ४, २०८० बिहीबार
  • 195
    SHARES
  • सुनचाँदीको मूल्यमा गिरावट

    काठमाडौँ । साताको पाँचौँ दिन आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट आएको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा आज मूल्यमा गिरावट आएको हो।

    ७०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो।

    images

    यस्तै, आज चाँदीको मूल्य समेत घटेर कारोबारमा आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको छ। आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ। जुन, हिजो बुधवार तोलामा १४ सय रुपैयाँ कायम थियो।