बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री कप : लयमा फर्कियो आर्मी, कोशी ९ विकेटले पराजित

एक्सप्रेस पाना
माघ ४, २०८० बिहीबार
  • 330
    SHARES
  • प्रधानमन्त्री कप : लयमा फर्कियो आर्मी, कोशी ९ विकेटले पराजित

    विभागीय टोलीले त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा पुन: लय समातेको छ। बुधबार बागमती प्रदेशसँग ३ विकेटले पराजित भएको आर्मी बिहीबार कोशीलाई ९ विकेटले पराजित गर्दै लयमा फर्किएको हो। 

    images

    कोशीले दिएको ८९ रनको लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा १ विकेट गुमाउँदै ९२ रन बनायो। 

    आर्मीका ओपनरद्वय इमरान शेख र सन्तोष कार्कीले ३२/३२ रन बनाए। सन्तोष भने अविजित रहे। 

    images

    कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २२ रनमा अविजित रहे। 

    कोशीका सुजन थपलियाले १ विकेट लिए। त्यसअघि माथिल्लो मूलपानीमा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले २४.४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन बनाएको थियो। 

    कोशीका ओपनर तथा कप्तान अंकित सुवेदीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

    उनले ३७ बलमा ९ चौकासहित ४१ रन प्रहार गरेका थिए। कोशीले १९ रन अतिरिक्त पाएको थियो।

    आर्मीका शाहब आलमले सर्वाधिक ६ विकेट लिए। कुशल मल्लले २विकेट लिँदा १/१ विकेट सोमपाल कामी र विवेक यादवको नाममा रह्यो। 

    जितसँगै आर्मीले ३ खेलमा ४ अंक जोडेको छ। आर्मी अंक तालिकाको चौथो स्थानमा छ। ४ खेल खेलिसकेको कोशी जितविहिन छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप