काठमाडौँ, माघ ७ । साताको पहिलो कारोबारको दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ। आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज छापावाल सुन आइतबार प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ कायम छ। गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन आजको दिनमा प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँ कायम छ। अघिल्लो कारोबार दिनमा तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार प्रतितोला ५ रुपैयाँले घटेको चाँदीको मूल्य आइतबार एक हजार ३९० रुपैयाँ कायम छ। अघिल्लो कारोबार दिनमा चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।
.jpg)


