बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री कप: कर्णाली प्रदेशमाथि बागमती ७ विकेटले विजयी

एक्सप्रेस पाना
माघ ८, २०८० सोमबार
  • 325
    SHARES
  • प्रधानमन्त्री कप: कर्णाली प्रदेशमाथि बागमती ७ विकेटले विजयी

    काठमाडौँ, ८ माघ । जारी प्रधानमन्त्री कप अन्तर्गत बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। 

    images

    सोमबार सम्पन्न खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको लक्ष्य पछाएको बागमती प्रदेशले १३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।

    यस अघि मुलपानी मैदानमा कर्णालीले पहिला ब्याटिङ गर्दै २४।२ ओभरमा केवल ७८ रनमा अल आउट भएको थियो।

    images

    कर्णाली प्रदेशका लागि अर्जुन घर्तिले सर्बाधिक २३ रन बनाए भने निश्चल रावलले १३ रन बनाएका थिए। कर्णालीका अन्य ब्याट्स म्यानले यस खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन।

    कर्णालीको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा बागमतीका बलर रिजन ढकालले सर्बाधिक ५ विकेट लिएका थिए। त्यस्तै क्रिजन गुरुङले २ विकेट लिए भने प्रतिश जिसी, सुर्य तामाङ र विपिन आचार्यले ११ विकेट लिएका छन्।

    यो जितपछि बागमती प्रदेशको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै कर्णाली प्रदेशले भने तेस्रो हार बेहोरेको छ। ५ खेलमा ४ अंक भएको कर्णाली सातौं स्थानमा छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप
  • # बागमती प्रदेश
  • # कर्णाली प्रदेशमा