काठमाडौँ, माघ ९ । साताको तेस्रो कारोबारको दिन आज (मंगलबार) नेप्से परिसूचक झिनो अंकले घटेको छ।
मंगलबार ०.४० अंकले घटेको सेयर बजार २०९८.२९ विन्दुमा पुगेर बन्द भएको छ।
यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ।
यसदिन १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ।
.jpg)


