सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य आज पनि स्थिर, चाँदीको बढ्यो

एक्सप्रेस पाना
माघ १०, २०८० बुधबार
  • 246
    SHARES
  • सुनको मूल्य आज पनि स्थिर, चाँदीको बढ्यो

    काठमाडौँ, माघ १० । साताको चौथो दिन आज (बुधबार) पनि सुनको मूल्य स्थिर रहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसहित लगातार चौथो दिन स्थिर कायम भएर कारोबारमा आएको हो।

    लगातार चार दिनदेखि स्थिर कायम रहेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ। यो साताको आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ।

    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम थियो।