बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री कप: पुलिसको छैटौँ जितमा दिलिपको अर्धशतक

एक्सप्रेस पाना
माघ १२, २०८० शुक्रबार
  • 341
    SHARES
  • प्रधानमन्त्री कप: पुलिसको छैटौँ जितमा दिलिपको अर्धशतक

    ओपनर दिलिप नाथको अर्धशतक प्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा लगातार छैटौँ जित हासिल गरेको छ। शुक्रबार सम्पन्न खेलमा पुलिसले कर्णालीलाई ६ विकेटले पराजित गरेको हो।

    images

    कर्णालीले दिएको १७२ रनको लक्ष्य पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

    पुलिसका ओपनर दिलिप नाथले अविजित रहँदै सर्वाधिक ७५ रन बनाए। उनले ६२ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

    images

    अर्का ओपनर कुशल भुर्तेल ४३, कप्तान दिपेन्द्रसिंह ऐरी ३४, आरिफ शेख ९ र अमित श्रेष्ठ १ रनमा आउट हुँदा अर्जुन साउद २ रनमा अविजित रहे।

    कर्णालीका प्रकाश जैशीले सर्वाधिक २ विकेट लिए। दिपेन्द्र रावल र दिवस पुनको नाममा १/१ विकेट रह्यो।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन बनायो।

    कर्णालीका ओपनर निश्चल रावलले सर्वाधिक ५० रन बनाए। उनले १०७ बलमा ६ चौका प्रहार गरे। कप्तान रविन्द्र शाही ४०, अर्जुन घर्ती २३ र दिवस पुन २० रनमा आउट भए।

    पुलिसका सागर ढकालले सर्वाधिक ३ विकेट लिए। ललित भण्डारीले २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र कुशल भुर्तेलले १/१ विकेट लिए।

    जितसँगै शीर्ष स्थानमा रहेको पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ। सातौँ स्थानमा रहेको कर्णालीको ७ खेलबाट ६ अंक छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # कर्णाली प्रदेशमा
  • # नेपाल पुलिस क्लब