सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य बढ्यो

एक्सप्रेस पाना
माघ १६, २०८० मंगलबार
  • 263
    SHARES
  • सुनको मूल्य बढ्यो

    काठमाडौँ, माघ १६ । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो। महासंघका अनुसार मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

    images

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।