काठमाडौँ, माघ १७ । साताको चौथो दिन नेपाली बजारमा आज (बुधवार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार तोलामा १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको हो।
यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यसैबिच बुधवार चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
.jpg)


