आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले केन्द्रीय समितिको आजको बैठमा अध्यक्ष ओली र महासचिव पोखरेलले जवाफ दिने

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 283
    SHARES
  • एमाले केन्द्रीय समितिको आजको बैठमा अध्यक्ष ओली र महासचिव पोखरेलले जवाफ दिने

    असोज १० काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको जारी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी वैठकमा आज समूहगत छलफलबाट आएको सुझावबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिने कार्यक्रम छ ।

    images

    दुई दिनका लागि बोलाईको बैठक शनिबार नसकिएपछि आज पनि निरन्तरता दिन लागिएको हो । बैठक आज ११ बजेबाट सुरु हुनेछ ।

    शुक्रबारदेखि शुरु बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष सुनाएका थियो ।

    images

    अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो।