शनिबार, भाद्र २७ गते २०८३
images

यस्तो छ आजको मौसम

एक्सप्रेस पाना
माघ २०, २०८० शनिबार
  • 321
    SHARES
  • यस्तो छ आजको मौसम

    काठमाडौँ, माघ २०।  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला (शनिबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी  भूभागमा आंशिक बदलीकै अवस्था रहने छ । आज कोशी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाको छ । 

    images

    राति सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ भने कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।