सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
माघ २१, २०८० आइतबार
  • 256
    SHARES
  • घट्यो सुनको मूल्य

    माघ, २१ काठमाडौँ । साताको पहिलो दिन आज आइतबार मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ।

    images

    नेपाल सुनचाँदी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँले घटेर कारोबारमा आएको हो। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ छ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ रहेको महासंघले जनाएको छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ थियो।

    images

    महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ। गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले घट्दै आज १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। गत साताको शुक्रबार चाँदीको मूल्य १४ सय १५ रुपैयाँ थियो।