काठमाडौँ, माघ २१ । साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
आइतबार ५.३१ अंकले घटेको सेयर बजार २०६१.७० विन्दुमा आएर बन्द भएको छ।
यसदिन ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको कारोबार भएको छ।
यसदिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ।
.jpg)


