मंगलबार, भाद्र २३ गते २०८३
images

नेप्सेमा सुधार

एक्सप्रेस पाना
माघ २३, २०८० मंगलबार
  • 386
    SHARES
  • नेप्सेमा सुधार

    काठमाडौँ, माघ २३ । साताको तेस्रो कारोबारको दिन आज (मंगलबार) सेयर बजार मापक नेप्से परिसूचक ९.४४ अंकले बढेको छ।

    images

    मंगलबार नेप्से ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा पुगेको हो। यस दिन ३१५ धितोपत्रका ७६ लाख २४ हजार ३७६ कित्ता सेयर दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँमा खरिद-बिक्री भयो।

    १३ उपसमूहमध्ये ११ को समूहगत सूचक बढेका हुन्। दुईवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार