बुधबार, भाद्र २४ गते २०८३
images

भारतसँग पराजित नेपाल लिग चरणबाटै बाहिरियो

एक्सप्रेस पाना
माघ २३, २०८० मंगलबार
  • 346
    SHARES
  • भारतसँग पराजित नेपाल लिग चरणबाटै बाहिरियो

    माघ २३, काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ महिला च्याम्पियनसिप नेपाल लिग चरणबाटै बाहिरिएको छ। 

    images

    बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल रंगशलामा मंगलबार सम्पन्न खेलमा भारतसँग ४-० गोल अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। 

    फाइनल पुग्न जित्ने पर्ने खेलमा मुख्य प्रशिक्षक बालगोपाल साहुखलले शुरूआती ११ मा चार खेलाडीलाई परिवर्तन गरेका थिए।

    images

    उनले कप्तान सारा बज्राचार्य, वर्षा ओली, दिब्या यस्माली मगर र सिम्रन राईको स्थानमा माया मास्के, रोजिता विष्ट, सुशिला केसी र पुर्णिमा राईलाई मैदान उतारेका थिए। तर, नेपालले खेलमा भारतलाई दबाब दिन सकेन। भारतका लागि नेहाले २ गोल गरे। सुलन्जना राहुल र सिन्डी कोल्नीको नाममा १/१ गोल रह्यो।

    खेलको ५४औँ मिनेटमा शिवानी देवीले डी बक्सबाहिरबाट दिएको बलसामू नेपालकी गोलरक्षक लिला जैशी पुग्न सकेकी थिइन्। सोही बललाई नियन्त्रणमा लिँदै सिक्स यार्डबाट नेहाले गोलमा परिणत गरिन्। ८०औँ मिनेटमा भारतले अग्रता दोब्बर बनायो। अरिणा देवीले दिएको बललाई नेहाले डी बक्सबाहिरबाट गरेको प्रहारलाई लिलाले बचाउन सकिनन्।

    ८६औँ मिनेटमा सुलन्जनाले भारतको लागि तेस्रो गोल गरिन्। अरिणाले दिएको एअर बललाई सुलन्जनाले हेडरमार्फत् गोल गरेकी हुन्। इन्जुरी समयमा नेहाले दिएको पासलाई गोल लाइननजिकबाट सिन्डीले गोल गर्दै भारतलाई ४-० गोल अन्तरको सहज जित दिलाइन्। भारतले उपाधिका लागि घरेलु टोली बांग्लादेशको सामना गर्नेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल