काठमाडौँ, माघ २५ । यो साता लगातार पाँचौँ दिन आज सुनको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ।
हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधवार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ थियो।
.jpg)


