आइतबार, कार्तिक १६ गते २०८३
images
images

काँग्रेस पोखरा अधिवेशनबाट महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 358
    SHARES
  • काँग्रेस पोखरा अधिवेशनबाट महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

    असोज १० पोखरा । नेपाली काँग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट बिजुक्छे सभापतिमा निर्वाचित भएका छन् ।

    images

    आज आइतबार भएको निर्वाचनमा बिजुक्छेले ४ सय १४ मत प्राप्त गरी विजयी हुँदा प्रत्याशी गंगाधर पराजुलीले ३ सय४६ मत प्राप्त गरे ।  महानगरको सभापति पदमा ६ जनाले उम्मेदवारी दिएका थियो । सभापतिका अन्य उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५३, मोहन बास्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरे । कुल १३ सय ४४ मत खसेको थियो ।

    उपसभापतिमा ५६९ मत प्राप्त गर्दै प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै भवसागर बराल निर्वाचित भएका छन् । उपसभापतिका ६ जना प्रत्याशी रहेकोमा निर्दोशविक्रम पौडेलले  ४०७, राजेन्द्र बरालले  ३७५, कृष्णप्रसाद अधिकारीले  ३६८ र शिव केसीले १६८ मत प्राप्त गरे ।

    images

    सचिवमा भने टुवराज बास्तोला र गणेशबहादुर थापा विजयी भएका छन् । बाँस्तोलाले ८५८ मत र थापाले ७८९ मत प्राप्त गरे ।  सचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६२१ मत प्राप्त गरेका थिए ।