मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मन्त्री ज्वालालाई बर्खास्त गर्न रास्वपा र एमालेको माग

एक्सप्रेस पाना
फाल्गुण ६, २०८० आइतबार
  • 237
    SHARES
  • मन्त्री ज्वालालाई बर्खास्त गर्न  रास्वपा र एमालेको माग

    काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले बालकुमारी घटनामा मन्त्री नै दोषी हुदां पनि नैतिकताको प्रर्दशन नगरेको  बताएका छन् । आइतबार  प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

    images

    ‘भौतिक पूर्वाधार मन्त्री नै दोषी रहेको कुरा जुन भन्दै आइएको थियो त्यो प्रतिवेदनले पनि स्पष्ट पार्यो । यति स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न मन्त्रीले नैतिकताको प्रदर्शन गर्नु भएको छ न सरकार, न प्रधानमन्त्रीले,’ उनले भने ।

    विपक्षी दलहरुले  बैठकमा सुरुमै अवरोध गरेका थिए । सभामुखले समय दिएपछि एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरे ।

    images

    ‘गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले विरोध जनाएको हो  ।

     

     

     
     ।

     

  • सम्बन्धित विषय:

  • # मन्त्री ज्वाला