मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा, अर्चना

एक्सप्रेस पाना
फाल्गुण ६, २०८० आइतबार
  • 268
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा, अर्चना

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पूजा, अर्चना गरेका छन् ।

    images

    पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथा अन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी भएका हुन् । 

    सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे । साथै उनले शालीनदीमा जल अभिषेक गरे । उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे ।

    images

    नगरपालिका एवं काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताइन् ।