काठमाडौं । आइतबार सुनको मुल्य प्रतितोला ५०० रुपैयाले बढेको छ ।
छापावाल सुन १ लाख १७ हजार ६ सय र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको छ।
गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख १७ हजार १ सय, तेजाबी सुन १ लाख १६ हजार ५ सय ५० रुपैयाँ र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।


