सोमबार, कार्तिक १७ गते २०८३
images
images

मुलुकमा लगानीको वातावरण बन्न नसक्नु अर्थतन्त्रका मुख्य चुनौती:अध्यक्ष मल्ल

एक्सप्रेस पाना
फाल्गुण ६, २०८० आइतबार
  • 265
    SHARES
  • मुलुकमा लगानीको वातावरण बन्न नसक्नु अर्थतन्त्रका  मुख्य चुनौती:अध्यक्ष मल्ल

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण बन्न नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् ।

    images

    लगानी योग्य रकम अधिक तरलता हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको उनले बताए । 


    आइतबार एक कार्यक्रमलाई  सम्बोधन गर्दै मल्लले भने, ‘बैंक वित्तीय संस्थामा झण्डै ५ खर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएर बसेको छ, सरकारले पूँजीगत खर्च गर्न सकेको छैन । अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न सकेको छैन ।’

    images

    सरकारको पूँजीगत खर्च अपेक्षा अनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने अध्यक्ष मल्लको भनाई छ ।

     

     

  • सम्बन्धित विषय:

  • # राजेन्द्र मल्ल