मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पत्रकारिता क्षेत्रलाई थप विकसित र समृद्ध बनाउन सरकार प्रतिवद्ध छ ; रेखा शर्मा

एक्सप्रेस पाना
फाल्गुण ७, २०८० सोमबार
  • 295
    SHARES
  • पत्रकारिता क्षेत्रलाई थप विकसित र समृद्ध  बनाउन सरकार   प्रतिवद्ध छ ; रेखा शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध रहेको बताएकी छन् । 

    images

    सोमवार एक कार्यक्रमलाई  सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन् । उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील रहेको बताइन् । 


    उनले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै संघर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर÷अवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेको बताइन् । 

    images

    उनले भनिन्, ‘प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउनेगरी आम सञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिनुपर्छ । यसतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । नेपालको संविधानले अख्तियार गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील छ ।’

  • सम्बन्धित विषय:

  • # रेखा शर्मा