काठमाडौँ । नेकपा एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि बस्दै छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने छन् ।
साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने गौतमको भनाई छ । आजदेखि सुरु भएको बैठक १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी कार्यलयमा बस्नेछ । बैठक आज बिहान ११ बजे बाट सुरु हुदै छ ।
यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका छन्।
.jpg)


