काठमाडौं। मंगलबार सेयर बजार (नेप्से) झिनो अंकले घटेको छ ।
नेप्से १.७६ अंकले घटेको २०३३.०६ विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ ।
.jpg)


