काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन् ।
ललितपुरमा जारी कांग्रेसको महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन मङ्गलबार प्रस्तुत गर्दै महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्रीले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको बताए ।
आर्थिक वर्ष ८०\८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्राणाली सुधारका अधिंकाश विषय कार्यान्वयन क्रममा रहेका जानकारी दिँदै महतलले भने, “परम्परागत शैलीमा आउने नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सुधार गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गरी संसद्मा बजेटका सिद्धान्त र प्राथामिकताबारे छलफल गर्ने व्यवस्था मिलाइएको छ ।”
महतलले अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीति तर्जुमा थालिएको उल्लेख गरेका छन् ।
.jpg)


