सोमबार, कार्तिक १७ गते २०८३
images
images

ग्लोबल आइएमई बैंकले आफ्नो नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

एक्सप्रेस पाना
फाल्गुण १०, २०८० बिहीबार
  • 229
    SHARES
  • ग्लोबल आइएमई बैंकले आफ्नो नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

    images

    पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ।

    शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन फिदिम गरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमल प्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरुपमा गरे । 

    images

    शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत् विभिन्न बैंकिङ्ग सेवा लिन सक्ने बैकले बताएको छ । 

     यसबाट स्थानियले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन्।

    बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन्।

    ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले ४६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।