सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमालेले माग्यो तीन मन्त्रीको राजीनामा

एक्सप्रेस पाना
फाल्गुण १०, २०८० बिहीबार
  • 250
    SHARES
  • एमालेले  माग्यो तीन मन्त्रीको राजीनामा

    काठमाडौं । नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको छ ।

    images

     बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डका पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेका हुन् ।

    उनले गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक मन्त्री ज्वाला दोषी देखिएकाले राजीनामा दिनुपर्ने , स्वास्थ्यमन्त्री माथि अख्तियारले छानबिन गरेको भन्दै उनको पनि राजीनामा माग गरेको हुन ।

    images

    उनले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा मागे । ‘सरकारका मन्त्री दोषी भनेर किटान गरेको ५ दिन बित्दासमेत पदमै बहाल हुनुहुन्छ । सामान्य सिपाहीलाई कारबाहीको डन्डा अनि मन्त्रीलाई उन्मुक्ति यो हुन सक्दैन,’ उनले भने, ‘स्वास्थ्यमन्त्री बस्नेत पनि केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकाले उनले पनि पदबाट राजीनामा दिनुपर्दैन ’

    उनले प्रधानमन्त्रीले गम्भीर आरोप लागेका मन्त्रीहरूलाई लिएर सरकार चलाउन नहुने तर्कसमेत  गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले