काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिको कारणले गर्दा अर्थव्यवस्था सीमित व्यक्तिको हातमा गएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भण्डारीले देशको आर्थिक नीति नै गलत भएको टिप्पणी गरेका छन् ।
गलत आर्थिक नीतिका कारण देशको समग्र अर्थव्यवस्था नै केही सीमित व्यक्तिको हातमा पुगेको बताउँदै उनले एकै व्यक्तिको हातमा बैंक, उद्योग, बीमा, अस्पाताल, विद्यालय, जलस्रोतको लाइसेन्स लगायत सबै कुराहरु रहेकोले यसले अर्थतन्त्र सीमित व्यक्तिको कब्जामा पुर्याएको पुष्टि हुने बताए ।
विकास निर्माणका कामहरु पनि लथालिङ्ग रहेको र काम नहुँदा कानूनी कारबाहीसम्म नहुने अवस्थामा रहेको उल्लेख गगर्दै अर्थव्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने अवस्था आएको सांसद चन्द्र भण्डारीको भनाई छ ।
.jpg)


