मंगलबार, कार्तिक १८ गते २०८३
images
images

किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन् : सभपति लामिछाने

एक्सप्रेस पाना
फाल्गुण १०, २०८० बिहीबार
  • 266
    SHARES
  • किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन् : सभपति लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई सचेत गराएका छन् । 

    images

    बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै  देशभरिका दूध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको उनले बताए ।

    ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध किसान र मह किसानहरु मारमा परेका छन् । अर्कोतिर पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन् । होशियार रहनुहोला,’ उनले भने ।

    images

    उनले भूमिहीन सुकुमबासीहरुलाई चुनावी फन्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने गरेको भन्दै चुनावी फन्डा नभइ सुकुमबासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

  • सम्बन्धित विषय:

  • # सभपति रवि लामिछाने