काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मुल्य बढेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आइतबार प्रतितोला १४ सय रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
.jpg)


