काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक करिब २७ अंकले घटेको छ ।
आइतबार २६.८१ अंकले घटेको सेयर बजार १९७९.०२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर छ ।


