बुधबार, भाद्र २४ गते २०८३
images

प्रतिनिधिसभामा आज ‘विद्युतीय व्यापार विधेयकमाथी छलफल’

एक्सप्रेस पाना
फाल्गुण १४, २०८० सोमबार
  • 235
    SHARES
  • प्रतिनिधिसभामा आज ‘विद्युतीय व्यापार विधेयकमाथी छलफल’

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

    images

    यस्तै, राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ भने ।

    अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१्८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक