काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलरको मूल्य यथावत रहँदा बेलायती पाउन्ड, अस्ट्रेलियन डलर, युरोपियन युरो लगायतका विदेशी मुद्राको मूल्य घटेको छ। आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०१ पैसा मै कारोबार भएको थियो।
त्यसैगरी युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २७ र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। भने आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। भने कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २२ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८४ पैसा नै थियो।
.jpg)


