मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मिटरब्याज पीडित र दुग्ध किसानले न्याय नपाए संसद् चल्न दिदैनौं : अध्यक्ष लिङ्देन

एक्सप्रेस पाना
फाल्गुण १४, २०८० सोमबार
  • 220
    SHARES
  • मिटरब्याज पीडित र दुग्ध किसानले न्याय नपाए संसद् चल्न दिदैनौं : अध्यक्ष  लिङ्देन

     काठमाडौं । मिटरब्याज पीडत र दुध उत्पादक किसानले न्याय नपाए राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

    images

    सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले हिँडेर काठमाडौं आईपुगेका मिटर ब्याजपीडितले न्याय नपाए संसद्को अर्को बैठक चल्न नदिने बताए ।

    उनले भने, ‘लघुवित्त र दूध किसानको समस्या समाधान गर्नुपर्छ। अब पनि हामी आवाज उठाएर टुलुटुलु हेरेर बस्न सक्दैनौं। म लामो कुरा भन्दिनँ। मिटरब्याज, लघुवित्त र दूध उत्पादक किसानको विषयमा आउने बैठकभित्रमा ठोस सम्बोधन नगरे हामी संसद् अवरोध गर्छौँ।’

    images

  • सम्बन्धित विषय:

  • # अध्यक्ष राजेन्द्र लिङ्देन