काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विवादमा परेका ३ मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्री बाँस्कोटाले विभिन्न विवादमा मुछिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, संस्कृति मन्त्री सुदन किराँती र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् । उनले बालकुमारी घटनामा सरकार नाजवाफ बस्न नमिल्ने समेत बताएका छन् ।
उनले भने ‘दिनदिनै नयाँ घटनाक्रम आइरहेका छन् । पुरा विवादका कारण स्वास्थ्यमन्त्री दिनदिनै अख्तियारमा जानु परेको छ । पद छोड्न किन यस्तो भईरहेको छ । सरकार किसानको पक्षमा कहिले उभिन्छ रु’ ।’प्रतिपक्षलाई दोष देखाएर गठबन्धनको झण्डा हल्याएर मुलुकमा सुशासन आउछ , सभामुखबाट स्पष्ट रुलिङ चाहिन्छ। हाम्रो आन्दोलन जारी छ । अब कुराको सुन्दरता होइन । व्यवहारको प्रष्टता चाहियो । एक्सन चाहियो। उहाँले ती मन्त्रीलाई हटाउनुपर्छ । सरकार नाजवाफ बस्न मिल्दैन ।’
.jpg)


