मंगलबार, कार्तिक १८ गते २०८३
images
images

शाीन्त प्रक्रियाका बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढ्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

एक्सप्रेस पाना
फाल्गुण १४, २०८० सोमबार
  • 262
    SHARES
  • शाीन्त प्रक्रियाका बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढ्नुपर्छ : गृहमन्त्री  श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताएका छन् ।

    images

    सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । शाीन्त प्रक्रियाका बाँकी काम पीडितलाई न्याय दिनेगरी, राष्ट्रमा मेलमिलाप कायम हुनेगरी र दिगो शान्ति कायम हुनेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

    उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन राष्ट्रिय सहमति बन्नुपर्ने बताएका छन् । सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक पारित गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको गठनलाई नयाँ ढंगले फेरि पूर्णता दिनुपर्ने आवश्यकता रहेको श्रेष्ठको भनाई छ । 

    images

    उनले भने– ‘अहिले टिआरसी बिल किन पारित भइरहेको छैन , किन अड्किरहेको छ भनेर सबैले कराइरहनुप¥यो नि । त्यो राष्ट्रिय सहमतिको विषय हुनुपर्दैन रु सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक हामीले पारित गर्नैपर्छ । त्यो ऐन बनेर हामीले यो सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको गठनलाई नयाँ ढंगले फेरि पूर्णता दिनैपर्छ । हामीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामलाई र शान्ति प्रक्रियालाई पूरा गर्नैपर्छ । पीडितलाई न्याय दिनेगरी, राष्ट्रमा मेलमिलाप कायम हुनेगरी र दिगो शान्ति कायम हुनेगरी अघि बढ्नुपर्छ । यसमा राष्ट्रिय सहमति बन्नुपर्छ । यसमा मेरो अपिल छ ।’

     

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री नारायणकाजी श्रेष्ठ